नेपाली कथानक चलचित्र ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक भएको छ।
आगामी जेठ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ट्रेलरमा युवाको ग्रीनकार्ड मोह प्रस्तुत गरिएको छ।
यो चलचित्रमा अकेशा विष्ट, बास बासु र शिल्पा मास्केलाई शीर्ष भूमिकामा देख्न सकिन्छ।
अमेरिकी ग्रीनकार्ड प्राप्त गरेपछि सबैभन्दा ठूलो माया भनेर हिडेको पात्रमा आएको बदलाव र संघर्ष ट्रेलरमा देखाइएको छ।
चलचित्रको सार्वजनिक ट्रेलरले दर्शकमा केही प्रश्न जन्माएको छ। अमेरिकामा रहेको प्रेमी र नेपालमा रहेकी प्रेमिकाबीचको उतारचढाव देखाइएको टङेलरले ‘उसले प्रेमलाई निरन्तरता दिन्छ ?’ प्रश्न छोडेको छ।
सूर्य एन श्रेष्ठले निर्देशन गरेको चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक पनि शीर्ष भूमिकामा देखिनेछन्।
संसार सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा राजेन्द्र ठकुरीले लगानी गरेका छन्। यो चलचित्र अमेरिकामा प्रदर्शन भइसकेको छ।
Shares

प्रतिक्रिया