बलिउड–हलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस मनोरञ्जन जगतका चर्चित जोडी हुन्। दुवै एकअर्कालाई धेरै माया गर्छन् र यसको झलक सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ।
प्रियंका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र जहाँ आफ्ना नयाँ तस्बिरहरू सेयर गरिरहन्छिन्।
जसमा निक जोनसले पनि निकै राम्रा कमेन्ट गर्छन्।
यसपटक पनि यस्तै भएको छ। प्रियंका चोपडाले आफ्ना केही तस्बिर सेयर गरेकी छन्, जसमा निक जोनसले गरेको कमेन्टको निकै चर्चा भइरहेको छ।
प्रियंका चोपडाले यी सबै तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन्।
तस्बिरसँगै आफ्नो दिन निकै राम्रो भएको बताएकी छन्। उनले लेखेकी छन्। ‘यो एउटा राम्रो दिन थियो।’
प्रियंका चोपडाका यी तस्बिरमा केही घण्टामै चार लाख २० हजारभन्दा बढीले लाइक गरेका छन्। जसमा उनका पति निक जोनसले मिठो कमेन्ट गरेका छन्।
उनले लेखेका छन्, तिमी किन यति हट?’
Shares

प्रतिक्रिया