कला


‘हनी बनी’मा दोहोरियो अनमोलको पुरानो रोग

‘हनी बनी’मा दोहोरियो अनमोलको पुरानो रोग

नेपालखबर
बैशाख १८, २०७९ आइतबार १६:१८, काठमाडौँ

फिल्ममा साइन गर्ने र अन्तिम समयमा आएर छोड्ने अनमोलको पुरानै रोग हो।

उनको यो रोग छायांकनको तयारीमा रहेको फिल्म ‘हनी बनी’मा पनि दोहोरिएको छ। फिल्म ‘हनी बनी’मा अभिनय गर्नका लागि सम्झौता गरेका अनमोलले फिल्म छाडेका छन्।

दिवाकर भट्टराईको निर्देशनमा छायाँकनमा जाने तयारीमा रहेको यो चलचित्रबाट अनमोल अलग्गिएको निर्देशक भट्टराईले जानकारी दिए। फिल्मको शीर्ष भूमिकामा लागि अनुबन्धित भएकी सारा सिरपाइलीले पनि यो फिल्म छाडेकी छिन्।

लण्डनमा छायांकन हुने फिल्मका लागि लन्डनको भिसा नपाएकाले साराको विकल्प खोजिएको हो। साराको ठाउँमा हाल लण्डनमा रहेकी जसिता गुरुङसँग कुरा भैरहको निर्देशक भट्टराईले जानकारी  दिए।

केही दिन फिल्मको वर्कसपमा समेत सहभागी भएका अनमोलले भने आफूले पाएको चरित्रमा असहज महसुस गरेर फिल्म छाडेका हुन्। फिल्म निर्माण टिम र अनमोलबीच काम नगर्ने व्यवहारिक सहमति भैसकेको छ। आगामी बिहीबारबाट छायांकनमा निस्कने तयारीमा रहेको निर्माण टिमले जनाएको छ।

अनमोलले यसअधि ‘ग्याङस्टर ब्लुज’, ‘ब्याचलर बन्टी’, ‘धूपौरे’ लगायतका चलचित्रका लागि औपचारिक सम्झौता गरेर छाडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad