कला


रिलिज अगावै कबड्डी ४ ले उठायो दुई करोड

रिलिज अगावै कबड्डी ४ ले उठायो दुई करोड

नेपालखबर
बैशाख १८, २०७९ आइतबार १८:२, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘कबड्डी ४’ले रिलिज अगावै दुई करोड कलेक्सन गरेको छ।

यो चलचित्रले विश्व बजारमा प्रतिलिपी अधिकार बिक्रीबापत २ करोड रुपैयाँ कलेक्सन गरेको हो। दुई करोड कलेक्सन गरेसँगै यो चलचित्रले प्रदर्शन अगावै चलचित्रको लगानी सुरक्षित गरेको छ। 

सफल चलचित्रको सिक्वेल ‘कबड्डी ४’ले अहिलेसम्मकै महंगो मूल्यमा विश्व बजारमा ‘राइट’ बिक्री भएको हो।

यो चलचित्रले युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, हङकङ, जापान तथा भारतमा प्रदर्शनका लागि प्रदर्शन ‘राइट’ बिक्री गरेको हो। 

चलचित्र ‘कबड्डी ४’ नेपाल र विदेशमा सिनेमा हलमा एकै मितिमा प्रदर्शनमा आउने भएको छ। भारतमा भने नेपाली हलमा प्रदर्शन भएको एकसाता पछि मात्रै प्रदर्शन हुने छ। 

रामबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी ४’मा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन्। 

यो चलचित्रको कथा लेखनमा निर्देशक गुरुङले उपेन्द्र सुब्बासँग सहकार्य गरेका छन्। चलचित्र आगामी जेठ १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad