अभिनेत्री केकी अधिकारी विवाहलगत्तै अमेरिका गएकी छिन्। गत साता मात्रै गुपचुप विवाह गरेकी केकी सोमबार उडेकी हुन्।
अर्की अभिनेत्री रीमा विश्वकर्माको साथमा अमेरिका उडेकी केकी ३ साता अमेरिका बस्ने कार्यक्रम छ।
उनी अमेरिकामा हुने ‘अन्तर्राष्ट्रिय वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले आयोजना गर्नलागेको ‘मेरो डान्स कप’को अडिसनका लागि अमेरिका उडेकी हुन्।
३ साताको प्रतिस्पर्धापछि उत्कृष्ट १० प्रतियोगी लिएर केकी र रीमा नेपाल फर्किनेछन्। उत्कृष्ट १० पछिको प्रतिस्पर्धा नेपालमा हुनेछ।
विवाहको १० दिनपछि अमेरिका उडेकी केकीलाई छोड्न उनका श्रीमान रोहित तिवारी त्रिभुवन विमानस्थल पुगेका थिए।
1.3k
Shares

प्रतिक्रिया