गायक स्वप्न सुमनले अभिनेत्री ज्योत्सना योगीसँग बिहे गरेका छन्। उनीहरूले गत बुधबार सानो पारिवरिक जमघटबीच विवाह गरेका हुन्।
युट्युबबाट सांगीतिक यात्रा सुरु गरेका २७ वर्षीय स्वप्न सुमनका ‘कसरी भनूँ, ‘म तिम्रो’, ‘याद म राख्नेछु’ लगायत गीत चर्चित छन्।
विशेषगरी उनी युवामाझ लोकप्रिय छन्।
ज्योत्सना योगी भने म्युजिक भिडिओमा अभिनय गर्छिन्।
२८ वर्षीया उनले गायक नितेशजंग कुँवरको ‘फ्लर्टी माया’लगायत म्युजिक भिडिओ तथा विज्ञापनमा अभिनय गरेकी छन।
513
Shares

प्रतिक्रिया