बलिउड अभिनेत्री सोनाली बेन्द्रे सामाजिक सञ्जालमा निकै सक्रिय छिन्, जहाँ उनी आफ्ना सुन्दर तस्बिर सेयर गरिरहन्छिन्। उनी सामाजिक सञ्जालमा प्रायः आफ्नो व्यक्तिगत जीवनबारे बताउँछिन् तर यसपटक सोनाली बेन्द्रेले १६ वर्षपछि दोहोर्याएको आफ्नो एउटा पहिरनका कारण प्रशंसा पाइरहेकी छन्।
वास्तवमा, सोनाली बेन्द्रे हालै हुमा कुरैशी र साकिब अलीमको ईद पार्टीमा आफ्ना पतिसँग पुगेकी थिइन्। यस अवसरमा अभिनेत्रीले अफ ह्वाइट कलरको कुर्ता र पाइजामा लगाएकी थिइन्। यससँगै अभिनेत्रीले मिल्दो जुत्ता लगाएकी थिइन्।
सो अवसरको तस्बिर सोनालीले इन्स्टाग्राममा सेयर गरेकी छिन्, जसमा उनी श्रीमान्सँग देखिएकी छन्। यससँगै सोनालीले १६ वर्ष पुरानो तस्बिर पनि सेयर गरेकी छिन्, जसमा उनी अभिनेता पियर्स ब्रोसननसँग देखिएकी छन्। यी दुई तस्बिर हेर्दा सोनालीको लुक्समा पछिल्लो १६ वर्षमा खासै परिवर्तन आएको छैन भनेर स्पष्ट रूपमा भन्न सकिन्छ।
Shares

प्रतिक्रिया