आगामी भदौ ३ गते दुई नायकको प्रदर्शन भिडन्त हुने भएको छ। अभिनेता सौगात मल्ल र पुष्प खड्का अभिनित दुई चलचित्र एकै दिन रिलिज हुने भएपछि यी दुई नायकको प्रदर्शन भिडन्त हुने भएको हो।
पुष्प अभिनित ‘कृष्ण लिला’ र सौगात अभिनित ‘माइकल अधिकारी’ एकसाथ प्रदर्शनमा आउने भएका हुन। ‘कृष्ण लिला’मा पुष्पलाई अभिनेत्री श्रद्धा क्षेत्रीले साथ दिएकी छिन्। उता ‘माइकल अधिकारी’मा सौगातलाई उनकै प्रेमीका सृष्टि श्रेष्ठले साथ दिएकी छिन्।
दीपक ओलीले निर्देशन गरेको ‘कृष्ण लिला’ र रञ्जित रौनियारले निर्देशन गरेको ‘माइकल अधिकारी’ अहिलेसम्म औसत प्रचार गरिएका चलचित्र हुन्।
पुष्प र सौगात दुवैको फिल्म उद्योगमा राम्रै स्टारडम भएका कलाकार हुन्। दुवै नायक आफ्नो स्टारडम जोगाउन पनि चलचित्र चल्नै पर्ने दवाबमा छन्।
42
Shares

प्रतिक्रिया