अक्षय कुमार स्टार बलिउड चलचित्र ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको सार्वजनिक ट्रेलरको सुरुवातमै अक्षय कुमार युद्ध मैदानमा देखिएका छन्।
शत्रुमाथि आक्रामक देखिएका अक्षयको प्रेमलाई पनि स्थान दिइएको छ।
राजपूत सम्राट पृथ्वीराज चौहानको जीवनीमा बनेको यो चलचित्रमा अक्षय पृथ्वीराजको भूमिकामा देखिएका छन्।
अक्षयको जोडीका रुपमा मानुषी छिल्लर शीर्ष भूमिकामा देखिएकी छिन्। चलचित्रमा मानुषी राजकुमारी संयोगिताको भूमिका निर्वाह गरेकी छिन्। मानुषीले यही चलचित्रबाट फिल्ममा डेब्यु गरेकी हुन्।
यशराज ब्यानरले निर्माण गरेको ‘पृथ्वीराज’ डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका हुन्। चलचित्रमा अक्षय र मानुषिका साथमा सोनु सुद, सञ्जय दत्त, आशुतोष राणा, साक्षी तवंर लगायतका कलाकारले अभिनय गरेका छन।
चलचित्र ‘पृथ्वीराज’ आगामी जुन ३ बाट रिलिज हुँदै छ।
Shares

प्रतिक्रिया