कला


सिंगापुरमा रोकियो ‘द काश्मीर फाइल्स’

सिंगापुरमा रोकियो ‘द काश्मीर फाइल्स’

नेपालखबर
बैशाख २८, २०७९ बुधबार १५:३४, काठमाडौँ

विवेक अग्निहोत्रीको पछिल्लो फिल्म ‘द काश्मीर फाइल्स’ सिंगापुरमा प्रदर्शन रोक गरिएको छ।

सिंगापुरमा चलचित्रलाई मुस्लिमहरुको एकतर्फी र उत्तेजक चित्रण भएको भन्दै प्रदर्शनमा रोक लगाइएको हो। 

समीक्षात्मक र व्यवसायिक रुपमा सफल भएको फिल्म पूर्वाग्रही भएको र विभिन्न समुदायमा मतभेद सिर्जना गर्ने आरोप सहित प्रदर्शनमा रोक लगाइएको हो। 

सिंगापुरले इन्फोकम मिडिया विकास प्राधिकरण, संस्कृति, समुदाय तथा युवा मन्त्रालय र गृह मन्त्रालयसँगको सहकार्यमा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै फिल्म प्रदर्शनमा रोक लगाएको हो।

सार्वजनिक विज्ञप्तीमा भनिएको छ ‘सिंगापुरमा जातीय र धार्मिक समुदायलाई बदनाम गर्ने कुनै पनि कुरा मान्य छैन।’ ११ मार्चबाट रिलिज भएको यो फिल्मले कश्मीरी पण्डितहरूको ‘कथित राष्ट्रवाद’को कथा उठाएको छ। फिल्मले ३ सय करोड व्यापार गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad