स्थानीय निर्वाचनका कारण पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित चलचित्र ‘सम्झना बिर्सना’ प्रदर्शन स्थगन गरिएको छ। आगामी जेठ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्रदर्शन मिति पोस्पन्ड गरिएको हो।
चुनावका कारण फिल्म छायाँमा पर्न सक्ने सम्भावना भएकाले निर्धारित मितिमा फिल्म प्रदर्शन रोकेको निर्माता आदित्य प्रधानले बताए।
आक्रामक प्रचारमा रहेको फिल्म नयाँ प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन्। नयाँ मिति चाँडै घोषणा गर्ने निर्माता प्रधानले जानकारी दिए।
अभिनेत्री पूजा शर्माले पनि सामाजिक सञ्जालमा फिल्म प्रदर्शन रोकिएको उल्लेख गरेकी छिन्। आगामी शुक्रबार हुने स्थानिय निर्वाचनका कारण हलमा लागेका फिल्मले पनि दर्शक नपाएको गुनासो हल सञ्चालकहरूले गर्दै आएका छन्।
चुनावको अघिल्लो दिन भोलि आंशिक र निर्वाचनको दिन सिनेमा हल पूर्ण रुपमा बन्द हुने भएका छन्।
Shares
प्रतिक्रिया