कोरोना महामारीका कारण छायांकन रोकिएको चलचित्र ‘२ नम्बरी’को सुटिङ सकिएको छ।
२३ दिनमा चलचित्रको सुटिङ सकिएको निर्देशक निर्देशक दीपेन्द्र लामा जानकारी दिएका छन्।
पहिलो कोरोना महामारीपछि फ्लोरमा गएको यो चलचित्र दोस्रो महामारीपछि रोकिएको थियो। चलचित्र ‘२ नम्बरी’मा अभिनेता पल शाह पनि अनुबन्धित थिए। चलचित्रको केही भाग छायांकनमा समेटिएका पल जेल परेपछि पुनः सुरुबाटै चलचित्रको छायांकन गरिएको छ।
यो चलचित्रले गलत काम गर्ने दुई साथीको मित्रताको कथा भन्ने निर्देशक लामाले बताए। चलचित्रमा सौगात मल्ल र दयाहाङ राई, भुटानी अभिनेत्री उगेन छोदेन र उपासना सिंह ठकुरीले शिर्ष भूमिकामा अभिनय गरेका छन्।
चलचित्रले आगामी कार्तिक ४ गतेलाई प्रदर्शन मिति पक्का गरेको छ। किरण नेपाली निर्माता रहेको चलचित्र सुशन प्रजापतिले छायांकन गरेका हुन्।
Shares

प्रतिक्रिया