गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
लामा सोमबार बिहान ६ बजेर ४० मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगेका हुन्। लामासँगै २७ जनाको टोली पनि सगरमाथा आरोहणमा सहभागी भएको थियो।
जलवायु परिवर्तनको असरबारे सन्देश दिन आफूले सगरमाथा आरोहण गरेको लामाले बताएका छन्।
लामाको टोलीमा नेपाल, चीन, अष्ट्रेलिया, रुस, पाकिस्तान लगायतका देशका आरोही सहभागी थिए।

लामाले सगरमाथा आरोहणकै क्रममा क्याम्प २–३ अर्थात ६ हजार ५७४ मिटर उचाइमा पुगेर एकल सांगीतिक प्रस्तुतिसमेत दिएका थिए। यसअघि उनले लोबुचे पिकको सफल आरोहण गरेका थिए।
27
Shares

प्रतिक्रिया