ad ad

कला


करिअरको सुरुमै अमेरिका हानिएकी अकेशाको फिल्मी सपना

करिअरको सुरुमै अमेरिका हानिएकी अकेशाको फिल्मी सपना

नेपालखबर
जेठ ४, २०७९ बुधबार १३:२७, काठमाडौँ

करिब ७ वर्षअघि नेपाली फिल्म उद्योगमा देखा परेकी अकेशा विष्टलाई उद्योगले टिकाउन सकेन।

चलचित्र ‘जिन्दगी रक्स’ मार्फत उद्योगमा देखा परेकी अकेशाका जिन्दगी नै चाहीँ रक्स बन्न सकेन।

फिल्ममा भविष्य खोज्न आएकी अकेशाले यहाँको सम्भावना नदेखेपछि उनी अमेरिका उडिन्। 

फिल्म क्षेत्रमा भविष्य नदेखेर अमेरिका पुगेकी अकेशाले अमेरिका रहेकै बेला ‘लाइफ इन एलए’मा अभिनय गरिन्।

भविष्यको सपना देखेर अमेरिका पुगेका युवाको कथामा निर्माण भएको यो चलचित्र शुक्रबारबाट नेपालमा प्रदर्शन हुँदै छ। यही चलचित्रको प्रमोशनमा अकेशा नेपाल आएकी छिन्।

नेपाल आएपछि अकेशाले पुनः फिल्म उद्योगलाई नै निरन्तरता दिने संकेत देखाएकी छिन्। उनले पढाई र कामका कारण उद्योगबाट टाढिएको बताउँदै अब भने उद्योगलाई निरन्तरता दिने बताएकी छिन्।

अकेशाले बोलेको यो भाषा अमेरिका बस्ने र बेला मौकामा नेपाल आउने कलाकारले बोल्ने भाषा हो। उनी अगाडी पनि अमेरिका पुगेका थुप्रै कलाकारले नेपाल आएका बेला उद्योगमा पुनः जमेर लाग्ने बताउँदै आएका छन्। तर उनीहरुको जम्ने भन्ने तकै नेपाल बस्दासम्म देखिन्छ। अमेरिका पुगेपछि पुनः हराउँछ। 

अकेशाले भने अमेरिका छोडेर फिल्मलाई समय दिन्छु भने भन्न भ्याएकी छैनन्। उनले अमेरिकामै बसेर फिल्मी करिअरलाई अगाडि बढाउने बताएकी छिन्। राम्रो कथा भएको फिल्मबाट अफर आएको खण्डमा काम गर्ने अकेशा बताउँछिन्। 

अमेरिकामै रहदा ‘लाई इन एल ए’का लागि अफर आएको र चलचित्रको कथावस्तु राम्रो लागेर नै अभिनय गरेको उनको तर्क छ। करिअरको सुरुवातमै अमेरिका हानिएकी अकेशालाई दर्शकले कत्तिको पत्याउने हुन् त्यो भने ‘लाइफ इन एलए’को प्रदर्शनपछि नै थाहा हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .