गीतकार तथा संगीतकार ठाकुर सुवेदी विश्वासको शब्द र संगीत रहेको पहिलो गीत सार्वजनिक भएको छ।
सुवेदीले ‘आश देखाई गयौ’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
नेपाल आइडलबाट चर्चामा आएका गायक प्रविन बेडवालको एकल स्वर रहेको गीतको एरेन्ज स्वर्णीम महर्जनले गरेका छन्।
प्रेममा हुने मिलन–विछोडको भाव समेटिएको गीतको म्युजिक भिडिओमा गीतकार÷संगीतकार सुवेदीका साथमा आलिशा बाँस्तोला र उमेश जोशीको अभिनय रहेको छ।
पेशाले इन्जिनियर रहेका सुवेदीको यो पहिलो गीत हो।
‘‘आश देखाई गयौँ’ मेरो पहिलो गीत भए पनि यसमा मैले र हाम्रो सम्पूर्ण टिमले उत्तिकै मेहेनत गरेका छौँ, दर्शक स्रोताले गीत मन पराउनेमा ढुक्क छौँ’, सुवेदीले भने । उनले गीत र गीतको भावअनुसार म्युजिक भिडिओ बनाएको बताए।
519
Shares
प्रतिक्रिया