पछिल्लो पुस्ताले रुचाएकी गायिका हुन्-अस्मिता अधिकारी। नेपाल आइडलको दोस्रो सिजनबाट चर्चामा आएकी यी गायिकाले थुप्रै लोकप्रिय गीतमा आवाज दिएकी छिन्। नर्ससमेत रहेकी अस्मिताले सांगीतिक क्षेत्रमा आफूलाई शालीन गायिकाका रुपमा स्थापित गराएकी छिन्।
अस्मिता गायनमा आएकै बेला गायनमा आएका महेश काफ्ले पनि एकै समय लोकप्रिय भए। पुराना लोकगायक भोजराज काफ्लेका छोरा महेशले पनि थुप्रै लोकप्रिय गीत गाएका छन्।
मनोरञ्जन बजारमा युवा पुस्ताका यी स्टार गायक/गायिका प्रेममा रहेको चर्चा चल्न थालेको केही समय भइसक्यो। तर, यो चर्चाबाट बेखबर झैं बसेका महेश र अस्मिता भने मौन छन्। उनीहरुले आफ्नो सम्बन्धलाई लिएर कतै केहि संकेत दिएका छैनन्।
कताकति यी दुई चलचित्र हलमा सँगै भेटिएको खबर सार्वजनिक भएपनि तस्बिर समेत सार्वजनिक भएका छैनन्। दुईको प्रेम चर्चा चलिरहेकै बेला अस्मिताले ‘छिन्नलता प्रतिभा पुरस्कार’ प्राप्त गर्न लागेको खबर सार्वजनिक भयो। महेशले अस्मितालाई बधाई र शुभकामना दिए।
महेशले सामाजिक सञ्जालमा अस्मिताको तस्बिर र स्टाटस शेयर गर्दै बधाई दिए। महेशले अस्मिता उक्त पुरस्कारको लागि लायक रहेको बताए।
अस्मिताले महेशलाई धन्यवाद लेखिन्। अस्मिताको धन्यवादमा महेशले पुनः लभको साइन दिएर मनोरञ्जन दुनियाँमा चलेको चर्चालाई अझै बलियो बनाएका छन्।
Shares

प्रतिक्रिया