ad ad

कला


निर्वाचनमा विजयी कलाकार

निर्वाचनमा विजयी कलाकार

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १३:३७, काठमाडौँ

काठमाडौंको मेयर बन्ने दौडमा छन् र्‍यापर-बालेन शाह। उनको चर्चा र लोकप्रियता कलाकारिता क्षेत्रमा जस्तै देखिएको छ। अहिलेसम्मको मतलाई हेर्ने हो भने काठमाडौं महानगरको मेयरमा बालेनले विजय हासिल गर्ने पक्का जस्तै देखिन्छ। 

काठमाडौंको मेयरमा बालेन शाहले अग्रता लिइरहेकै बेला देशका विभिन्न स्थानमा कलाकार विजय हासिल गरिरहेका छन्। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा कलाकार मुनाल घिमिरे निर्वाचित भएका छन्।

वडाध्यक्षमा निर्वाचित घिमिरेले नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका थिए। तितोसत्य टेलि चलचित्रबाट चर्चामा आएका घिमिरेले ‘खण्डहर’, ‘इच्छा’, ‘खबरदार’, ‘आफ्नो मान्छे’, ‘श्रीमान् श्रीमती’ लगायतका चलचित्रमा अभिनय गरेका छन्। उनी निर्देशक तथा निर्माता पनि हुन्। 

निर्माता गणेश केसी ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्षमा विजयी भए। नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका केसीले ३४५५ मत ल्याएर महाँकाल गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमला लामाले २८८७ मत प्राप्त गरेकी छन्। 

केसीले चलचित्र ‘सूर्या’का निर्माता हुन। उनले थुप्रै म्यूजिक भिडियोमा लगानी गरेका छन्। 

नेपाली कथानक चलचित्र ‘चपली हाइट’का नायक राजन घिमिरे (सानुराजा घिमिरे) वडाध्यक्षमा विजयी भए । उनी नेकपा माओवादी केन्द्रका तर्फबाट ललितपुरको गोदावरी नगरपालिका ३ मा विजयी भएका हुन्। 

घिमिरेले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १० मतअन्तरले पाराजित गर्दै विजय हासिल गरे। उनले  १०५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राम आचार्यले १०४९ मत ल्याउँदै पराजय ब्यहोरे। चुनावी प्रचारका क्रममा वडाध्यक्षमा आफू विजयी भएको खण्डमा अध्यक्षको हैसियतमा पाउने कुनै पनि सुविधा नलिने घोषणा गरेर चर्चामा आएका घिमिरेले अब उक्त सुविधा लिन्छन् की लिँदैनन् भन्ने चर्चा सुरु भएको छ। 

‘चपली हाइट’बाट चर्चामा आएका यी अभिनेताले २०५७ मा ‘सारा खुशी’बोलको गीतबाट अभिनय यात्रा सुरु गरेका थिए। घिमिरे पर्यटन तथा होटल व्यवसायी समेत हुन्। 

‘डिट्ठा साब’ उर्फ कलाकार किशोर भण्डारी वडा सदस्यमा विजयी भएका छन्। उनले काठमाडौंको तारकेश्वर नगरपालिका–२ को वडा सदस्य पदमा विजय हासिल गरेका हुन्। नेपाली कांग्रेसका तर्फबाट तारकेश्वर २ बाट उम्मेदवारी दिएका थिए। 

लामो समयदेखि अभिनयमा सक्रिय भण्डारीले भण्डारीले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठा साब’ हास्य  टेलिश्रृंखलामा ‘डिट्ठा साब’को भूमिका निर्वाह गरेर चर्चामा आएका भण्डारीले ‘चंगा’ नामक चलचित्र निर्देशनसमेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .