दसैं-तिहार जस्ता ठूला पर्व नेपाली फिल्म प्रदर्शनका लागि राम्रो मानिन्छ।
यो समय फिल्म प्रदर्शन गर्न निर्माताहरुको हानाथाप जस्तै हुन्छ। आगामी दसैंलाई कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्नो फिल्म प्रदर्शन गर्ने गरी समय बुकिङ गरेका छन्।
यद्यपी दीपकराज गिरीको ‘छक्का पन्जा ४’को स्क्रिप्ट लेखन कार्य चलिरहेको छ। निर्वाचन सम्पन्न भएसँगै गिरी फिल्मको स्क्रिप्ट लेखनमा जुटेका छन्।
यो फिल्मको छायांकन अगामी असारबाट गर्नेे गिरीको योजना रहेको छ। दीपाश्री निरौलाले निर्देशन गर्ने यो हिट सिरिजको चौथो सिरिजका लागि गिरी आफैं कथा लेखिरहेका छन्।
अघिल्ला ३ सिरिजले बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गरेकाले पनि यो सिरिज राम्रो बनाउनु पर्ने दवाबमा गिरीको टिम छ। दीपकले फिल्मको स्क्रिप्ट लेखिनसक्दै टिजर भने फिल्म हलमा फालिसकेका छन्।
दीपकको फिल्म भन्ने बित्तिकै दर्शकले दसैंको अपेक्षा गर्ने भएकाले सम्भव भएसम्म फिल्म दसैंमै प्रदर्शन गर्ने दीपकको तयारी छ।
Shares

प्रतिक्रिया