कला


बालेन शाहको अग्रताले दीपकराज गिरी उत्साहित

बालेन शाहको अग्रताले दीपकराज गिरी उत्साहित

नेपालखबर
जेठ ७, २०७९ शनिबार ११:३८, काठमाडौँ

काठमाडौं महानगरको प्रमुख (मेयर) पदमा स्वतन्त्र (लौरो छाप) उम्मेदवार बनेका बालेन शाहले जारी मतगणनामा अग्रता लिइरहँदा कलकारिता क्षेत्रका व्यक्ति उत्साहित छन्। किनकि शाह संगीत क्षेत्रका (र्यापर) पनि हुन्। 

यसै क्रममा कलाकार दीपकराज गिरीले बालेन शाहले चुनाव जित्ने आशा व्यक्त गरेका छन्। 

शनिबार बिहान गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्ततः बालेनले काठमाण्डुमा स्थापित भएर नयाँ विचारको सृजना गर्ने सम्भावना बढिरहेछ।’

अहिलेसम्म काठमाडौँमा खसेको कूल मतमध्ये ९१ हजार ९७२ मत गणना भइसकेको छ। जसमध्ये बालेन शाह ३३ हजार ६२४ मतका साथ अग्रस्थानमा छन्। 

एमालेका उम्मेदवार केशव स्थापित १८ हजार १८९ मतका साथ उनलाई पछ्याइरहेका छन्।

कांग्रेसकी सिर्जना सिंह १८ हजार ५४ मतसहित तेस्रो स्थानमा छन्।

गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा काठमाडौँमा १ लाख ८९ हजार ४२० मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad