कला


दशैंमा चलचित्र प्रदर्शन गर्ने हानथाप

दशैंमा चलचित्र प्रदर्शन गर्ने हानथाप

नेपालखबर
जेठ ९, २०७९ सोमबार १३:२५, काठमाडौँ

कोरोनाका कारण दुई वर्षका दसैं सुख्खा रहे।

त्यसैले पनि आउँदो दसैंका लागि अहिलेदेखि नै फिल्म रिलिजको सूची बन्न थालेको छ। दीपकराज गिरीले चलचित्र छायांकनमा जानु अगावै दशैंमा फिल्म प्रदर्शन गर्ने बताउँदै आएका छन्।

गिरीको टिमले बनाउने ‘छक्का पञ्जा ४’ दसैं लक्षित गर्दै छायांकनमा निस्किने बताएका छन्। चलचित्र दीपाश्री निरौलाले निर्देशन गर्नेछिन्।

यता चलचित्र ‘प्रेमगीत ३’ पनि दशैंमा रिलिज गर्ने सोचका साथ निर्माता सन्तोष सेन लागिपरेका छन्।

सन्तोष भने गिरीले दशैंमै चलचित्र रिलिजको घोषणा गर्छन् वा गर्दैनन् भनेर कुरेर बसेका छन्।

दीपकको फिल्मसँग जुध्न सेनले सहज देखेका छैनन्। सेनले केही दिनपछि चलचित्रको प्रचार थाल्ने तयारी गरेका छन्। 

कोरोनाका कारण दुई वर्षभन्दा लामो समयदेखि प्रदर्शन हुन नपाएको फिल्म दसैंमा प्रचार गर्ने मनस्थिति बनाएका सेन गिरीसँग जुध्न भने तयार छैनन्।

दशैंकै लागि नारायण रायमाझीको ‘परदेशी २’ तयारी छ। रायमाझीले यो फिल्म दसैंमा रिलिज गर्ने पक्का गरिसकेका छन्।

जेठको पहिलो साता नबिल्दै दशैंमा फिलम चलाउने निर्माताको होडबाजी देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad