ad ad

कला


टिकटक पाइरेसीको शिकार कबड्डी ४

टिकटक पाइरेसीको शिकार कबड्डी ४

नेपालखबर
जेठ १४, २०७९ शनिबार ९:१२, काठमाडौँ

फ्राइडे रिलिज अन्तर्गत हिजोबाट सिनेमा हलमा नेपाली चलचित्र ‘कबड्डी ४’ प्रदर्शनमा आएको छ।

चलचित्रले प्रदर्शनको पहिलो दिननै बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भएको छ। प्रदर्शनको पहिलो दिननै चलचित्र टिकटक पाइरेसीको सिकार पनि हुन पुगेको छ। 

प्रदर्शनको पहिलो दिननै चलचित्रका क्लिप्स सामाजिक सञ्जालमा पाइरेसी भएपछि निर्माण टिम तनावमा छ। टिकटकमा ‘कबड्डी ४’ महत्वपूर्ण दृश्य भेट्न सकिन्छ। फिल्मका क्लिप टिकटकमा भेटिनु हलको कमजोरी रहेको चलचित्रका निर्देशक रामबाबु गुरुङ बताउँछन्। 

चलचित्र हलमा दर्शकले फिल्म नै खिचेर बसेको निगरानी नगर्नु हल व्यवस्थापकको कमजोरी रहेको गुरुङको तर्क छ। टिकटकमा फिल्मका दृष्य भेटिन थालेपछि फिल्म निर्माण टिमले देशभरीका हलमा मेल पठाएको छ। निर्देशक गुरुङले दर्शकलाई पनि संयमित हुन आग्रह गरेका छन्। 

तत्काल कानूनी उपचारमा जाने पक्षमा भने फिल्म निर्माण टिम देखिएको छैन। तर पुनः यसैगरी पाइरेसी भइरहेको खण्डमा भने कानूनी उपचारमा जान सक्ने निर्देशक गुरुङले संकेत गरेका छन्। आफ्नो चलचित्र पाइरेसीको खबर चलचित्र संघमा पनि पुगिसकेको रामबाबुले जानकारी दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .