कला


विवादमा आमीरको ‘लाल सिंह चड्डा’, जलाइयो पोस्टर

विवादमा आमीरको ‘लाल सिंह चड्डा’, जलाइयो पोस्टर

नेपालखबर
जेठ १५, २०७९ आइतबार ११:५०, काठमाडौँ

बलिउड अभिनेता आमीर खानको चलचित्र ‘लाल सिंह चड्डा’ विवादमा तानिएको छ।

बलिउडको प्रतीक्षित मानिएको यो फिल्म अगष्ट ११ बाट रिलिज हुँदै छ। आमीर र करिना कपूरले शीर्ष भूमिकामा रहेर अभिनय गरेको ‘लाल सिंह चड्डा’को मे २९ मा ट्रेलर रिलिज हुँदै छ।

तर ट्रेलर रिलिज अगावै फिल्म विवादमा तानिएको हो। हिन्दू संगठनले यो फिल्मको विरोध गर्दै आमीरको पोस्टर जलाएका छन्। 

उत्तर प्रदेशको सुल्तानपुरमा हिन्दु संगठनसँग आवद्ध व्यक्तिहरूले आमीर खान र फिल्मविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरुले आमीरको पोस्टर च्यातेर बाटोमा जलाएका छन्।

उनीहरुले ट्रेलर रिलिजको दिन सडकमै आएर प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन्। हिजाब समर्थक आमिरले प्रायः भारतको संस्कृति र सभ्यताविरुद्ध बोल्दै आएका छन्।

आईपीएलको फाइनलको अवसरमा आमीरको फिल्मको ट्रेलर सार्वजनिक हुँदैछ। यहि अवसरमा आमीरलाई आईपीएलमा बोलाइएको छ। 

‘यस्ता व्यक्तिलाई आईपीएल व्यवस्थापनले कसरी बोलाइरहेको छ, हामीले बुझ्न सकेको छैन’, सनातन रक्षक सेनाका प्रदेश उपाध्यक्ष राहुल सिंहले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad