कला


निर्देशक जौन योञ्जनको ‘आँखा’मा निशा अधिकारी

निर्देशक जौन योञ्जनको ‘आँखा’मा निशा अधिकारी

नेपालखबर
जेठ १७, २०७९ मंगलबार ७:५७, काठमाडौँ

निर्देशक जौन योञ्जनले चलचित्र ‘आँखा’ बनाउने भएका छन्। 

योञ्जनको निर्देशनमा बन्ने यो चलचित्रमा अभिनेत्री निशा अधिकारी शीर्ष भूमिकामा रहनेछिन्। 

निर्देशक जौनकै लेखन तथा निर्देशनमा बन्न लागेको यो चलचित्रले सामाजिक कथा बस्तुलाई उठान गर्ने छ। 

यसअघि ‘बाह्र सत्ताइस’ नामक चलचित्र बनाएका जौनको निर्देशनमा ‘म राजेश हमाल’ नामक चलचित्र छायांकन सकिएको छ। 

जौन आगामी जेठ २० गतेबाट ‘आँखा’को टिमलाई लिएर छायांकनमा निस्कने तयारीमा छन्। 

यो चलचित्रमा निशाका साथमा आ.के. मेहत्ता, अस्मिता लामिछाने, वुद्दि तामाङ, बिजय बराल, अभय बराल, पशुपति राई, राजन खतिवडा, रेनुका कार्की, रविन्द्र झा, कृष्णभक्त महर्जन, सरोज खनाल, लुनिभा तुलाधर, सरोज लामिछाने, दीपक कोइराला लगायतका कलाकारले अभिनय गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad