कबड्डी ४ की नायिक मिरुना मिरुना मगरले आफूमाथि शारीरिक दुर्व्यवहार भएको भन्दै कुटपिट गरेर प्रहरीको हिरासतमा पठाइएका फु्र्वा लामा रिहा भएका छन्।
लामालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले ३ हजार धरौटी लिएर रिहा गर्न आदेश दिएका हुन्।
मिरुनाले आफूमाथि शारीरिक दुर्व्यवहार गरेको भन्दै महानगरीय प्रहरी वृत्त, जनसेवामा उजुरी दिएपछि फुर्वालाई प्रहरीले पक्राउ गरेको थियो।
आफू अभिनित फिल्म हेर्न सिभिल मल पुगेकी मिरुनाले लामाले शरीरको संवेदनशील अंगमा हात हालेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।
लामामाथि सिभिलमलमै दर्शककै भीडको बीचमा फुर्वालाई उनले झापड पनि हानेकी थिइन्।
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४’को प्रतिक्रिया लिने क्रममा आफूमाथि दुर्व्यवहार भएको मगरले आरोप लगाएकी थिइन्।
तर घटनापछि सार्वजनिक भएका भिडिओ फुटेजमा अर्कै युवकले मिरुनाको शरीरमा हात लगेको देखिएपछि उनको चर्को आलोचना सुरु भएको थियो।
भिक्षु भेषमा रहेका लामा निर्दोष हुँदा हुँदै उनलाई फसाउने काम भएको भन्दै मंगलबार चाबहिलस्थित केएल टावरमा प्रदर्शन भएको थियो।
त्यहाँ लामाको पक्षमा उत्रिएकाहरुले कबड्डी-४ को पोस्टर जलाएका थिए। त्स्तै लामालाई रिहा गर्न र मिरुनाले माफी माग्नुपर्ने अडानन पनि उनीहरुले लिएका थिए।
Shares

प्रतिक्रिया