ad ad

कला


प्रस्तुती दिँदादिँदै बिरामी परेका बलिउड गायक केकेको निधन

प्रस्तुती दिँदादिँदै बिरामी परेका बलिउड गायक केकेको निधन

नेपालखबर
जेठ १८, २०७९ बुधबार ९:१९, काठमाडौँ

बलिउड गायक कृष्णकुमार कुननाथको निधन भएको छ। उनको मंगलबार राति कोलकातामा निधन भएको हो। उनलाई बलिउडमा केके नामले चिनिँदै आएको थियो। 

५३ वर्षका केके महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन गएका थिए। कार्यक्रममा नै उनको स्वास्थ्यमा समस्या देखिएपछि उनी त्यहाँबाट फर्किएका थिए। लगत्तै अस्पताल लगिएका उनलाई अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। 

अहिले उनको शव पोष्टमार्टमका लागि पठाइएको छ। केकेको निधनपछि अस्पताल पुगेका राज्यमन्त्री अरुप विश्वासले उनको निधनको पुष्टि गरेका छन्।  चिकित्सकको प्रारम्भिक अनुमान अनुसार केकेको निधन हृदयघातका कारण भएको बताइएको छ। 

तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्मका थुप्रै हिट गीतमा आवाज दिएका केकेका ‘हम दिल दे चुके सनम’मा गाएको ‘तडप तडप के इस दिल से’ र ‘ओम शान्ति ओम’मा ‘आँखों मे तेरी’लाई दर्शकले अत्याधिक मन पराएका थिए।

प्रख्यात गायक तथा संगीतकार किशोर कुमारका छोरा केके कलकत्ताको गुरुदास कलेजमा आयोजित एक कार्यक्रममा लाइभ प्रस्तुती दिनेक्रममा बिरामी परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .