कला


ज्योती मगर लोकस्टारको निर्णायक कुर्सीमा

ज्योती मगर लोकस्टारको निर्णायक कुर्सीमा

नेपालखबर
जेठ २०, २०७९ शुक्रबार १०:२९, काठमाडौँ

गायिका ज्योती मगरका दर्शक तथा स्रोताले उनलाई बोल्ड लुक्समा देख्दै आएका छन्। 

उनले लगाएको पहिरन र गाएका गीतले नेपाली लोक गीत/संगीतलाई बिगारेको आरोप पनि बेलाबखत लाग्दै आएको छ। 

उनै ज्योतीलाई अब दर्शकले फरक रुपमा देख्न पाउने भएका छन्। ज्योती अब लोक गीत/संगीतको रियालिटी शो ‘नेपाल लोकस्टार’को दोस्रो सिजनमा निर्णायकको कुर्सीमा देखिने छिन्। 

हिमालयन टेलिभिजनले उत्पादन तथा प्रसारण गर्ने ‘नेपाल लोकस्टार’को अहिले अडिसन चलिरहेको छ। ‘नेपाल लोकस्टार’को दोस्रो सिजनमा भाग लिन चाहने प्रतियोगीले घरबाटै डिजिटल अडिसन दिन सक्नेछन्। 

डिजिटल अडिसनका लागि हिमालय टेलिभिजनको वेवसाइट एपमा अडिसन वटम क्लीक गरी लोकस्टारको अडिसन पेजमा जानुपर्नेछ। त्यहाँ आफ्नो व्यक्तिगत विवरणहरू भरी आफूले गाएको गीतको क्लीप अपलोड गरी सबमिट गर्नुपर्नेछ। प्रारम्भिक छनौटमा पर्ने प्रतियोगीलाई निर्माण टिमले जानकारी दिने जनाएको छ।

विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने यो शो मा ज्योतीसँगै कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा पनि निर्णायकको कुर्सीमा देखिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad