कला


‘सर्वजित’ फिल्मका लागि मन्त्री आलेले पाँच महिनाको तलब दिने

‘सर्वजित’ फिल्मका लागि मन्त्री आलेले  पाँच महिनाको तलब दिने

नेपालखबर
जेठ २१, २०७९ शनिबार १६:१६, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा  गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त कार्यक्रममा भएको थियो। चलचित्रको आज बालुवाटारबाट नै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका हुन्।

उक्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरे।

चलचित्रलाई दिनेश डिसीले निर्देशन गर्नेछन्। ‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ।

शनिबार जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो।

चलचित्र निर्माणका लागि रु एक करोड २५ लाखको लागत अनुमान गरिएको छ।

– रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad