कला


सहरी विकास मन्त्रालयको लगानीमा 'बन्चरेडाँडा' फिल्म बनाइँदै

सहरी विकास मन्त्रालयको लगानीमा 'बन्चरेडाँडा' फिल्म बनाइँदै

नेपालखबर
जेठ २२, २०७९ आइतबार १२:५१, काठमाडौँ

पछिल्लो समय काठमाडौंमा फोहोरको थुप्रो लागिरहेको बेला सहरी विकास मन्त्रालयको लगानीमा 'बन्चरेडाँडा' फिल्म बन्ने भएको छ। 

काठमाडौंमा फोहोरको थुप्रो बढ्दै गएका बेला सहरी विकास मन्त्रालयको लगानीमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलय उक्त फिल्म बनाउन लागेका हुन्। 

उक्त फिल्मको सहरी विकास मन्त्री रामकुमारी झाँक्री शुभमुहुर्त गरेकी छन्। 

मन्त्री झाँक्रीले फोहोर व्यवस्थापनबारे सन्देश दिने गरी बनाउन लागिएको फिल्मको शुभमुहूर्त गरिएको बताएकी छन्। उनले मह जोडीलाई सफलताको शुभकामना पनि दिइन्। 

फिल्मले फोहरलाई स्रोतमै वर्गीकरण गरेर मात्रै धादिङको बञ्चरेडाँडामा पु्‍र्‍याउने विषयमा सन्देश दिने बताइएको छ। 

स्रोतमा वर्गीकरण नभएका फोहर सरकारले उठाउने सचेतना पनि दिइने भएको छ। 

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले फोहोर स्रोतमै वर्गीकरण गरेर मात्रै सिसडोल लानुपर्ने बताउँदै आएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad