कला


मिस नेपालका प्रतियोगी बनेपास्थित डाबर नेपाल नर्सरीमा

मिस नेपालका प्रतियोगी बनेपास्थित डाबर नेपाल नर्सरीमा

नेपालखबर
जेठ २३, २०७९ सोमबार २१:४४, काठमाडौँ

डाबर वाटिका मिस नेपाल २०२२ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरु आज बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका छन्।

यस भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समसस्याहरु बुझ्न पाए र साथै यस समस्यालाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनि बुझ्ने अवसर पाए।

डाबर वाटिका मिस नेपालका सहभागीहरुले यहाँको विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे। डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडिबुटीको संरक्षण गर्दै आएका र यी जडिबुटी डाबरका विभित्र उत्पादनहरुमा पनि प्रयोग गरेका छन्।

हिजो विश्व वातावरण दिवसको अवसरमा प्रतियोगीहरुले डाबर नर्सरीको परिसरमा वृक्षारोपण गरी मनाएका थिए। 

डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि युवाहरुलाई परिचय गराउन पाएकोमा हामीलाई असाध्यै गर्व र खुसी लागेको छ। डाबरले आयुर्वेदमा जरा गाडेको एक शताब्दीभन्दा बढी भैसकेको छ र यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्यको हेरचाह र आर्युबेदिक उत्पादनहरुको विस्तृत श्रृंखलाको उत्पादन र बजारीकरण गरेको छ। आजका युवाहरु भोलिका कर्णधार हुन्। हामीलाई विश्वास छ की प्रतियोगीहरुलाई यस प्रकारको एक्सपोजरबाट उनीहरुले वातावरण र समाजमा सकारात्मक रुपमा योगदान गर्न सक्षम हुने छन्।’ 

डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडिबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको सँरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिए। डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्व स्तरीय हरितगृह रहेको छ जसले नेपालको ३० वटा जिल्लामा संकटग्रस्त प्रजातिको प्रवद्र्घन र खेती गर्दछ र ६० वटा सहकारी मार्पmत जडीबुटी खेती गरी किसानहरु को जिविकोपार्जनलाई वैकल्पिक श्रोतको रुपान्तरण दिएको छ। 

द हिडन त्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले प्रतियोगीहरुलाई यो अवसर प्रदान गरेकोमा डाबर नेपाललाई धन्यवाद दिँदै भने, ‘प्रतियोगीहरुले डाबर नेपालले समाजमा पु्याइरहेको संरक्षण र योगदानका बारेमा जात्र यो ठूलो अवसर पाएका छन्।’

उपभोक्ताहरुलाई उत्कृष्ट प्राकृतिक कपाल हेरचाह समाधानहरु उपलब्ध गराउने डाबरको निरन्तर प्रतिबद्धताको परिणामस्वरुप, डाबर नेपालले हालै नेपालमा डाबर वाटिका नेचुरल्स स्याम्पु लन्च गरेको छ। डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको टाइटल स्पन्सर हो।

डाबर वाटिका मिस नेपाल २०२२ को ग्राण्ड फिनाले जुन १८, २०२२ मा गोडावरी स्थीत सनराइज अडिटोरियममा हुन गैरहेको छ र कान्तिपुर टिभी एचडीमा प्रत्यक्ष प्रसारण हुने छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad