गीतकार तारा अधिकारीको नयाँ गीत ताँतीको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुनौलो तारा मोसनपिक्चर्स युट्युब च्यानलबाट दर्शकमाझ आएकाे हाे। उक्त गीतमा राजनराज शिवाकोटी र अस्मिता अधिकारीको स्वर रहेकाे छ।
संगीत राजनराज शिवाकोटी र संगीत संयोजन बिजेश्वरराज तण्डुकारको छ।
भिडियोमा नाजिर हुसेन र दिप्सिना अधिकारीको अभिनय छ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोलाई अर्जुन तिवारीले छायाँकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।
सामान्य ग्रामिण परिवेशको बस्तीमा छायाँकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ। यस अघि सुनौलो तारा मोसन पिक्चर्समा नै अपलोड गरिएको नाजिर हुसेनको अभिनय रहेको गीत गुलेलीमा र लुकीलुकीले दर्शकको निकै राम्रो साथ पाएका थिए।
45
Shares

प्रतिक्रिया