नेपाली फिल्म उद्योगको सफल चलचित्र ‘प्रसाद’को सिक्वेल बन्ने भएको छ।
‘प्रसाद २’ निर्देशनमा सुदर्शन थापा भित्रिएका छन्। यस अघिका निर्देशक सौरभ चौधरी फिल्मबाट आउट भएका छन्।
प्रसादको पहिलो सिक्वेल भने दिनेश राउतले निर्देशन गरेका थिए।
पुरानै टिम लिएर फिल्म बनाउने चर्चा चले पनि निर्देशनमा सौरभलाई समावेश गरिएको थियो। तर अहिले सौरभ पनि फिल्मबाट हटेका छन्।
उनका ठाउँमा सुदर्शनलाई लिएर फिल्म बनाउने तयारी निर्माण टिमले थालेको छ।
सुशील पौडेलको लेखन रहेने फिल्म सुवास थापाले निर्माण गर्ने छन्।
फिल्मको पहिलो सिक्वेलमा नम्रता श्रेष्ठ र विपिन कार्कीले शीर्ष भूमिकामा रहेर अभिनय गरेका थिए।
दोस्रो सिक्वेलका लागि कलाकार भने निर्माण टिमले सार्वजनिक गरेको छैन। कलाकारमा भने उनीहरु नै दोहोरिन सक्ने सम्भावना रहेको छ।
Shares

प्रतिक्रिया