कला


सिन्धुपाल्चोकका विद्यार्थीलाई ट्याब वितरण गरेर हमालले मनाए जन्मदिन

सिन्धुपाल्चोकका विद्यार्थीलाई ट्याब वितरण गरेर हमालले मनाए जन्मदिन

नेपालखबर
जेठ २६, २०७९ बिहिबार ११:१, काठमाडौँ

अभिनेता राजेश हमाल आज आफ्नो जन्मदिन मनाउँदै छन्। लामो समयदेखि आफू २६ वर्षको रहेको बताउँदै आएका हमाल कति वर्ष प्रवेश गरे त्यो भने कहिल्यै खुलाउँदैनन्।

हमालले आफ्नो जन्मदिनको पूर्वसन्ध्यामा सिन्धुपाल्चोक पुगेर विद्यार्थीलाई ट्याब वितरण गरेका हुन्।

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका, ८ ज्यामिरेको पञ्चकन्या आधारभूत विद्यालय र सर्बसुधार आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्याब वितरण गरेका हुन्। हमालले वितरण गरेको ट्याब ‘के फाण्डेशन’ले उपलब्ध गराएको थियो। 

लामो समयदेखि अमेरिका बस्दै आएका प्रकुल न्यौपानेको सहयोगमा विद्यालयका लागि ५/५ वटा ट्याब वितरण गरिएको हो। १६ वर्षका प्रकुल ट्याब विद्यार्थीको सिकाइमा सहयोगी हुने भएकाले सहयोग गरेको बताएका छन्। 

ट्याब वितरण गर्दै हमालले दुर्गम क्षेत्रका विद्यार्थीलाई डिजिटल प्रविधिसँग जोड्न प्रकुलले गरेको सहयोग प्रशंसनीय रहेको बताए।

ट्याब हस्तान्तरणका क्रममा हमालले उसै विद्यालयका शिक्षकलाई ट्याबको सही सदुपयोग गर्न समेत सुझाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad