अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय निकै विवादमा तानिने नायिकामा पर्न थालेकी छिन्।
कहिले फेसबुकमा लेखेको स्टाटसले विवाद, कहिले सार्वजनिक मञ्चमा बोलेको बोलीले विवाद तानिने गरेकी मानन्धर पुनः विवादमा तानिएकी छिन्। यसपटक उनले प्रयोग गरेको गाडीको संकेतले विवादमा तानेको छ।
करिश्माले ‘एच’ अर्थात अस्पतालले प्रयोग गर्ने गाडी चढेपछि विवाद सिर्जना भएको हो। उनले ‘एच’ अंकित गाडी सवार तस्विर सहित सामाजिक सञ्जालमा ‘पैसाले झुटो कुरा किन्न सकिएला, मान्छेको मन जित्न समय र विश्वास खर्चनु पर्छ, जुन किनेर पाइदैन।’ भन्ने स्टाटस पोस्ट गरेकी छिन्। सोही पोस्टमा नै उनको विरोध भइरहेकाे छ।
गाडीमा उल्लेखित स्टिकर देखेपछि धेरैले उनलाई प्रश्न गरेका छन् ‘अस्पतालको गाडी प्रयोग गरेको हो की फिल्मको सुटिङ चल्दै छ?’ विवाद बढ्दै गएपछि करिश्माले पुनः लेखेकी छिन् ‘हिजो भएको कुरा हो बेच्ने, हाम्रो हस्पिटल हो, हाम्रो गाडी हो। कुनै सहुलियत लिएको होइन। आफ्नो कमाइको पैसा तिरेको छ। जे पायो त्यही भन्यो भने कानुन छ, होस् गर्नुहोस्।’
त्यसो त केही समय अघि करिश्मा आफ्नै नामका कारण आलोचित हुन पुगिन्। स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा एमाले प्रवेश गरेकी करिश्माले चुनावी सभामा आफ्नो नाम ‘सूर्य कुमारी’ भएको बताएपछि चर्को आलोचना सहनु परेको थियो।
त्यसको केही समय पछि उनले आफ्नो फेसबुकमा समेत आफ्नो नामको पछाडि ‘सूर्य कुमारी’ थपेकी थिइन। हिजाे आज करिश्मा र स्क्याण्डल एकअर्काको परिपूरक जस्तै भएको छ।
Shares

प्रतिक्रिया