नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत 'एक सफर' सार्वजनिक भएको छ।
अस्मिता अधिकारी र विशाल निरौलाको स्वरमा सजिएको उक्त गीतमा रोशन विश्वकर्माको रचना र विशाल निरौलको संगीत संयोजन रहेको छ।
उक्त गीतको म्युजिक भिडियोको निर्देशन निशान एस के ले गरेका हुन् भने दिपक गिरीले छायाँकन गरेका छन्।
म्युजिक भिडियोमा मनोज चन्द र गरिमा शर्माको अभिनय रहेकाे छ।
प्रविधिको अव्यवस्थित प्रयोगका कारण जस्तो सुकै सिर्जनाले समेत बजारमा हल्ला मच्चाइरहेको परिस्थितिमा मन भित्रबाटै सुन्न चाहने श्रोताका लागि स्तरीय सिर्जना ल्याउने प्रयास गरेको गायक विशाल निरौलले बताए।
भिडिओ -
54
Shares

प्रतिक्रिया