ad ad

कला


हिरोइन बन्न केकीले गरेको संघर्षको कथा ‘सिल्ली फो’ मा

हिरोइन बन्न केकीले गरेको संघर्षको कथा ‘सिल्ली फो’ मा

नेपालखबर
असार ९, २०७९ बिहिबार ११:४५, काठमाडौँ

नेपाली फिल्म ‘सिल्ली फो’को ट्रेलर सार्वजनिक भएको छ। यस फिल्मको शीर्ष भूमिकामा अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन्।

फिल्म उनकै संघर्ष वरिपरी घुमेको छ। कमेडी जनरामा निर्माण भएको यो फिल्ममा केकीले अभिनेत्री बन्न गरेको संघर्ष देखाइएको छ।

सार्वजनिक ट्रेलरमा देखिएका अन्य युवा भने पैसा कमाउने संघर्षमा देखिन्छन्।

राजबहादुर सानेले निर्देशन गरेको फिल्मको ट्रेलर र पोष्टरले सबैको ध्यान तानेको छ।

निर्देशक साने यो फिल्मबाट आफूले धेरै कुरा सिकेको बताउँछन्।

ह्याप्पी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा मनोज डिकेले निर्माण गरेका हुन्।

आगामी असार ३१ बाट प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा केकीसँगै रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .