ad ad

कला


दुई दिनमा चार अवार्ड, सम्मान कि बजारको सामान?

दुई दिनमा चार अवार्ड, सम्मान कि बजारको सामान?

नेपालखबर
असार १३, २०७९ सोमबार ७:५६, काठमाडौँ

कुनै दिन दियो नेपालमा अवार्ड निक्कै ठूलो महत्व थियो। मुस्किलले वर्षमा २/३ वटा अवार्ड हुन्थे।

त्यसको बेग्लै चर्चा र इज्जत थियो। हिजोआज हरेक दिन २/३ वटा अवार्ड हुन थालेका छन्।

दैनिक हुने अवार्डको न कुनै चर्चा छ, न त हिजो जस्तो इज्जत नै। एउटै कलाकारले एकै दिन २/३ अवार्ड थापिरहेका हुन्छन्।

अवार्ड पाउने कलाकारले पनि धेरै जसो त आवार्ड पाएको खुशी बाड्न छाडिसकेका छन्।

नोमिनेसनमै परेका कतिपय कलाकार अवार्ड कार्यक्रममा जान छोडिसके। अवार्ड पाउने पक्का भएका कलाकार मात्रै अवार्ड वितरणमा सरिक हुने परम्परा बढ्दो छ।

तथापि कतिपय कलाकारले भने दैनिकजसो भएका अवार्ड कार्यक्रम र पाएका अवार्डको खुशी सार्वजनिक गरिरहेका छन्।

संगीतकार अर्जुन पोख्रेलको घरमा गएको दुई दिनमा ४ अवार्ड भित्रिए। उनले सामाजिक सञ्जालमा उक्त खुशी बाँडेका छन्। 

अर्जुन पछिल्लो पुस्ताका उम्दा संगीतकार हुन् यसमा कुनै शंका छैन। तर बजारमा किनबेचको हल्ला भएका र हरेक दिन सानो कोठामा हुने अवार्डले उनी जस्ता क्षमतावान कलाकारको गरिमा भने जोगाउन नसकेको प्रस्ट देखिन्छ।  

 उनी र उनकी श्रीमती दुर्गा खरेलले वितेको दुई दिनमा चार अवार्ड आफ्नो घरमा भित्र्याएका हुन्।

उनीहरुले नेशनल क्यापिटल म्युजिक अवार्ड, दोस्रो नेशनल ब्राण्ड म्युजिक अवार्ड तथा बक्स अफिस म्युजिक अवार्ड आफ्नो पोल्टामा  पारेका हुन्। चार मध्ये ३ अवार्ड अर्जुनको नाममा गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .