ad ad

कला


पीभीआर मार्फत भारतकाे १ सय ७० पर्दामा रिलिज हुँदै 'कबड्डी -४'

पीभीआर मार्फत भारतकाे १ सय ७० पर्दामा रिलिज हुँदै 'कबड्डी -४'

नेपालखबर
असार १५, २०७९ बुधबार ७:४४, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘कबड्डी -४’ले नेपालमा राम्रै तरंग ल्यायो। यो फिल्मले घरेलु बक्स अफिसमा बनाएका सबै रेकर्ड ब्रेक गर्‍यो।

नेपालमा राम्रो कमाइ गरेको यो चलचित्रले विदेशमा पनि राम्रो कलेक्सन गरिरहेको छ। 

अब यो चलचित्र भारतको सबैभन्दा ठूलो सिनेमा चेन पीभीआरले देशव्यापी रिलिज गर्ने भएको छ।

रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्र आगामी शुक्रबारबाट भारतीय आउटलेटमा प्रदर्शन हुन लागेको हो।

पीभीआरले आफ्नो अफिसियल वेबसाइटमा मार्फत ‘कबड्डी- ४’ शुक्रबार रिलिज हुन लागेको जनाएको छ। 

पीभीआरमा प्रदर्शन हुन लागेको यो नै पहिलो नेपाली सिनेमा हो। भारतका ७० पीभीआरका सहरमा १ सय ७० पर्दा छन्।

सिक्किम बाहेकका भारतीय शहरमा फिल्म रिलिज हुने छ। सिक्किममा भने यो फिल्म प्रदर्शनमा रोक लगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .