एक समय नेपाली चलचित्र क्षेत्रमा अरुणिमा लम्सालको बेग्लै क्रेज थियो।
धेरै फिल्ममा अभिनय गरेकी अरुणिमा ८ वर्षअघि देशनै छोडेर हिँडिन्। नेपाल र नेपाली फिल्म उद्योग छोडेर अमेरिका पुगेकी अरुणिमा यतिबेला नेपाल आएकी छन्।
आमा र छोरी सहित नेपाल आएकी अरुणिमाले फिल्ममा अवसर पाएको खण्डमा अभिनय गर्ने बताएकी छन्।
आफ्नै देश फर्किँदा उत्साहित देखिएकी अरुणिमा नेपाल फर्किएलगत्तै अभिव्यक्ति मार्फत फिल्ममा भूमिका खोजिरहेकी छिन्। अर्थात् फिल्ममा स्थान खोजिरहेकी छिन्।
उद्योगमा बोल्ड नायिकाको भूमिका बनाएकी अरुणिमालाई अब भने आफूलाई उस्तै रोमान्टिक भूमिकामा प्रस्तुत हुने मन छैन। भन्छिन् ‘मलाई अब पहिलोजस्तो रोमान्टिक कथा सुहाउँदैन। तर आफूलाई सुहाउँदो भूमिका आयो भने पक्कै काम गर्छु।’
दुई महिनाको बिदा मनाउन नेपाल आएकी अरुणिमाले यो समयमा नेपालका रमणीय स्थान घुम्ने योजना बनाएकी छिन्।
Shares
प्रतिक्रिया