ad ad

कला


डीजे म्यागजिनको टप १०० मा काठमाडौंको एलओडी क्लब

डीजे म्यागजिनको टप १०० मा काठमाडौंको एलओडी क्लब

नेपालखबर
असार १६, २०७९ बिहिबार १३:१५, काठमाडौँ

काठमाडौंको ठमेलमा रहेको ‘लर्ड अफ द ड्रिंक्स’ अर्थात् एलओडी क्लब डीजे म्यागजिनको टप १०० मा परेको छ। 

क्लबले ५२औँ स्थान पाएको हो। यो उपलब्धिले क्लब नेपालको नम्बर १ का रुपमा चिनाउन सफल भएको क्लबले दाबी गरेको छ। 

सन् २०१९ फेब्रुअरी १३ मा यो क्लब स्थापना भएको थियो। एलओडीले नेपालको क्लबिङ संस्कृतिको प्रवर्द्धन गरेको दाबी गरेको छ। 

एलओडीका संस्थापक रबिन श्रेष्ठले क्लबिङ उद्योग आफैँ ठूलो र राम्रो हुँदा सबैलाई फाइदा पुग्ने बताए। 

यो क्लबको क्षमता २५ सय जनाको रहेको छ। ९ हजार ६ सय वर्गफिटमा फैलिएको यो क्लबले धेरै अन्तर्राष्ट्रिय कलाकारलाई पनि आतिथ्य दिइसकेको छ। पहिलो वर्षमै यहाँ रेभ रिपब्लिकले प्रस्तुति दिएको यो क्लबमा बलिउड र नेपाली सांगीतिक शोहरु भएका छन्।

डीजे म्यागजिन एक बेलायती मासिक पत्रिका हो। यसले डान्स म्युजिक र डीजेलाई बढी समेट्छ। सन् १९९१ मा स्थापनाव भएको यो म्यागजिन बेलायत, अमेरिका, स्पेन, फ्रान्स, इटलीजस्ता देशहरुमा वितरण हुन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .