नेपाली गायन क्षेत्रकी भर्सटायल गायिका इन्दिरा जोशीले १२ बर्षपछि ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी छिन्।
गीतमा इन्दिराकै शब्द, संगीत र स्वर छ। भर्खरै बिहे गरेकी जोशी रातो सारी र सिउँदो सिन्दुर सजाएर गीत रिलिज कार्यक्रममा उपस्थित भएकी थिइन्।
उनले दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गरिन्।
यो गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छन्। गीतको म्युजिक र डान्सका केही स्टेपले चर्चा पाउने देखिन्छ।
गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्।
भिडियोमा हरि हुमागाइँको छायांकन, प्रविण श्रेष्ठको सम्पादन रहेको छ।
गायिका जोशीले भिडियो खिच्नका लागि केही गाह्रो भएपनि दर्शकको चाहनाअनुसारको काम गरेको बताइन्।
यस्तै, मोडल निराजन प्रधानले इन्दिरासँग पहिलो पटक काम गर्दा आफूलाई खुशी लागेको प्रतिक्रिया दिए। भिडियोमा इन्दिरा बोल्ड, ब्यूटिफूल र आकर्षक देखिएकी छिन्।
Shares
प्रतिक्रिया