कला


अश्लील गीत गाउने कलाकारले मागे माफी

अश्लील गीत गाउने कलाकारले मागे माफी

नेपालखबर
असार २०, २०७९ सोमबार ८:३३, काठमाडौँ

केही समययता लाइभ दोहोरीमा अश्लील गीत गाएको भन्दै गुनासो बढेको थियो। राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले अश्लील गीत गाउने २० कलाकारलाई पत्र काटेको थियो।

त्यसमध्ये १३ कलाकारले प्रतिष्ठानमा उपस्थित भएर माफी मागेका छन्।

उपस्थित सबै कलाकारले अबका मितिमा आइन्दा लाइभ दोहोरीमा छाडा शब्द नगाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिष्ठानअन्तर्गतको विकृति विसंगति रोकथाम कार्यदल संयोजक शिव हमालले स्पष्टीकरण सोधिएको र आइन्दा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएको बताए। 

‘दोहोरी नै नजान्ने कलाकारलाई गाउन लगाएर भएन। अर्काले लेखिदिएको गीत गाएको देखिएको छ। हामीले उहाँहरुलाई चेतावनी दिएका छौँ’ हमालले भने। 

प्रतिष्ठानले दोहोरीमा विकृति बढेको गुनासो बढ्दै गएपछि यसअघि पनि पटकपटक स्पष्टीकरण सोधेको थियो। दोहोरीका नाममा कतिपय अग्रज कलाकारले पनि अश्लील गीत गाउने गुनासो आउने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad