ad ad

कला


नीताले स्वीकारिन् हरिहरसँगको प्रेम, भन्छिन् ‘एक्लो जीवनको अन्त्य’

नीताले स्वीकारिन् हरिहरसँगको प्रेम, भन्छिन् ‘एक्लो जीवनको अन्त्य’

नेपालखबर
असार २१, २०७९ मंगलबार ७:३९, काठमाडौँ

अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारी लामो समयदेखि प्रेममा रमाइरहेका थिए।

हरिहरको संगतमा पुगेर आध्यात्मिक भएकी नीताले हरिसँगै मिलेर काम पनि गरेकी छन्।

 

उनीहरु थुप्रै सार्वजनिक कार्यक्रममा सँगै भेटिन्थे। बजारमा बिहेको कार्ड सार्वजनिक हुँदासम्म पनि नीता र हरिहरले आफूहरु प्रेममा रहेको कुरा औपचारिक रुपमा स्वीकार गरेका थिएनन्।

हरेक पटकको प्रश्नमा उनीहरुले राम्रो साथी भएको बताउँदै आएका थिए। विवाह र भविष्यका बारेमा प्रश्न गर्दा दुबैले ‘भोलि कसले देखेको छ?’ भनेर प्रश्न गर्थे। तर उनीहरु २४ गते लगनगाँठाे कस्दैछन्।

 

बिहेको ५ दिन अघि मात्रै नीताले औपचारिक रुपमा हरिहरसँगको प्रेम स्वीकार गरेकी छिन्। रातो कुर्तामा सजिएकी नीताले हरिहरसँगको तस्बिर सामाजिक संजालमा राख्दै लेखेकी छिन् ‘हो हामी सँगै हुँदैछौँ, तपाईँहरूको आशीर्वाद र माया सधैं यसरी नै पाइ राख्न पाउँ।’

नीताले उक्त पोस्टपछि केही दिन अघि मनाएको ब्याचलर पार्टीका तस्बिर पनि शेयर गरेकी छिन्। उनले ब्याचलर पार्टीका तस्बिर शेयर गर्दै लेखेकी छिन् ‘एक्लो जीवनको अन्त्य।’

विवाह लगत्तै नीता र हरिहर फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनमा निस्कने तयारीमा छन्।

यो जोडीले फिल्मको पटकथा पुस्तक र लोगोको भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा गरेर शुभमुहुर्त गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .