ad ad

कला


देवीले चुरोट तानेको पोस्टरले भारतमा तहल्का

देवीले चुरोट तानेको पोस्टरले भारतमा तहल्का

नेपालखबर
असार २१, २०७९ मंगलबार १२:११, काठमाडौँ

एक फिल्मको पोस्टरले देवी देउताको अपमान गरेको भन्दै भारतमा तनाव सिर्जना भएको छ।

क्यानडाको टोरोन्टोबाट लीना मनिमेकाले आफ्नो ट्विटरमा एउटा डकुमेन्ट्रीका पोस्टर सार्वजनिक गरेकी छिन्।

सार्वजनिक पोस्टरमा हिन्दुहरुकी देवी कालीको पहिरन र आकृतिमा रहेकी महिलाले चुरोट तानेको देखाइएको छ। उक्त पोस्टरले देवीको अपमान गरेको भन्दै हिन्दुहरुले आक्रोशित भएका हुन्।

सार्वजनिक पोस्टरमा एलजिबिटी समुदायको प्रतीकका मान्यता पाएको प्राइड फ्लयाग पनि देखाइएको छ। ‘रिदम्स अफ क्यानडा’नाम दिइएको उक्त डकुमेन्ट्री प्रदर्शनका लागि निर्माण गरिएको हो। 

पोस्टर सार्वजनिक भएपछि दिल्ली प्रहरी र गृहमन्त्रालयमा छुट्टाछुट्टै उजुरी परेका छन्। सामाजिक सञ्जालमा चर्को विरोध भइरहेकाे छ।

सत्तारूढ भारतीय जनता पार्टीका नेताहरुले पनि यो पोस्टरले हिन्दुहरुको भावनामा चोट पुराएको भन्दै विरोध गरेका छन्।

ओटावास्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडा सरकार र आयोजकसँग डकुमेन्ट्री पोस्टरलगायतका सामग्री हटाउन माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .