कला


भुवनले स्वीकारेनन् आँचलको प्रस्ताव

भुवनले स्वीकारेनन् आँचलको प्रस्ताव

नेपालखबर
असार २२, २०७९ बुधबार ८:४, काठमाडौँ

नायिका आँचल शर्मा आफ्नो करिअरका लागि हिट फिल्मको खोजीमा छिन्।

हुन त ठूलो ब्यानरको चलचित्रबाट पर्दामा उदाएकी आँचलले अभिनय गरेका केहि फिल्म हिट पनि भए। तर फिल्म हिट भएपनि खासै अभिनयको तारिफ नपाएकी आँचल एकपटक आफैँ हिट हुने दौडमा छिन्। 

फिल्ममा हिट नभएपनि विविध कारणले फिल्म उद्योगमा उनको चर्चा भने भइरहन्छ। उनै आँचल ‘वर एण्ड वधु’मा अनुबन्धित भएकी छिन्।

यो फिल्म मार्फत करियरलाई बलियो बनाउने दाउमा रहेकी आँचल यो फिल्ममा अनमोल केसीसँग जोडी बाँध्ने दाउमा थिइन। त्यसैले आँचल अनमोललाई फिल्ममा खेल्ने अफर लिएर भुवन केसी समक्ष पुगिन्। 

तर, भुवनले अनमोलले ‘वर एण्ड वधु’मा काम गर्ने नगर्ने विषयमा निचोडको जवाफ दिएनन्। बरु उनले आँचललाई आफ्नो होम प्रोडक्सनको ब्यानर द सुपर काजल फिल्मस् मार्फत निर्माण गर्न लागेको फिल्म लगानी अनुरोध गरे।।

भुवनले ‘पारस’मा लगानी गर्न भनेपनि आँचलको मन भरिएन। उनी अनमोलसँग काम गरेर उद्योगमा हिट फिल्म दिने सोचमा थिइन्।  
आँचलको शीर्ष भूमिका रहने ‘वर एण्ड वधु’को छायांकन रोमानियाबाट सुरु हुनेछ।

फिल्मका लागि निर्देशक मिलन चाम्ससहितको टोली रोमानिया पुगिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad