नेपाली चलचित्र क्षेत्रमा अनमोल केसीको क्रेज बेग्लै छ।
उनी थोरै चलचित्र काम गर्छन्, बाहिर त्यति निस्कँदैनन्, सामाजिक सञ्जालमा भेटिँदैनन्। त्यसैले पनि उनीप्रतिको दर्शकको चाहाना उच्च देखिन्छ।
अनमोलले दर्शकले आफूबाट राम्रो चलचित्र अपेक्षा राखेको भन्दै साइन गरेका केही फिल्म पनि समेत छाडिदिए।
लामो समयदेखि फिल्म विहिन बनेका अनमोललाई फिल्ममा लिन चाहाने निर्माता/निर्देशकको ठूलो जमात छ। तर अनमोल कमजोर फिल्ममा काम नगर्ने, वर्ष एक अथवा दुई फिल्ममा मात्रै काम गर्ने भन्दै बसे।
उनै अनमोलले यो साता भने आफ्नै वचन बिर्सिएको भान हुन्छ। उनले एकै साता ३ फिल्ममा साइन गरे। अनमोलले ‘छड्के २’, ‘जेरी २’मा साइन गरे। उनी ‘पारस’ र ‘माइती घर २’को तयारीमा छन्।
बैशाखसम्म आफू व्यस्त रहेको भन्दै फिल्ममा अफर नगर्न आग्रह गरेका विपिन कार्कीले पनि यसै साता २ फिल्ममा काम गर्ने सम्झौता गरे।
‘प्रसाद २’को छायांकन तयारीमा रहेका विपिन बलिउड फिल्म ‘एनिमल’का लागि दिल्ली जाने तयारीमा छन्। उनी रामबाबु गुरुङसँग एक अन टाइटल फिल्मका लागि जोडिएका छन्। ‘लू’ पनि उनको आगामी फिल्म हो।
कोरोना महामारीका कारण चलचित्र क्षेत्रमा देखिएको सन्नाटा चिर्न आफूले फिल्ममा धमाधम काम गरिरहेको बताउने विपिन आगामी बैशाखसम्म आफूले अहिले चर्चामा आएका फिल्ममा काम नगर्ने सुनाउँछन्।
नमोल केसीका पाइपलाइनमा रहेका फिल्मलाई हेर्ने हो भने उनी पनि झण्डै २ वर्ष प्याक हुने सम्भावना देखिएको छ।
केही वर्ष अघिसम्म फिल्मको सिक्वेल नखेल्ने प्रतिबद्धता जनाएका विपिन अहिले धमाधम सिक्वेलमा साइन गरिरहेका छन्।
अनमोल र विपिनको फिल्म साइनको हतारो हेरेर उद्योगमा उनीहरुले बजारसँग सम्झौता गरेको चर्चा सुरु भएको छ।
एकताका अभिनेता राजेश हमालले प्रस्ताव आएका सबै फिल्ममा काम गरे। कुनै दिन उनको पोस्टर मात्रै हेरेर हल तानिने दर्शकले पनि उनलाई पत्याएनन्।
उनका थुप्रै फिल्म फल्प भए। उनलाई धेरैले आरोप लगाए ‘हमालले जथाभावी फिल्म खेलेर फिल्मको मूल्यप्रति गम्भिरता देखाएनन्।’ अहिले सोही आरोप अनमोल र विपिन तिर सोझिएको छ।
Shares

प्रतिक्रिया