अभिनेत्री प्रियंका कार्की दुई वर्षको अन्तरालपछि फिल्म सेटमा फर्किएकी छिन्।
आमा बनेपछि फिल्ममा नदेखिएकी प्रियंका भदौ १० मा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राधाः द सेक्रेट’को प्रमोसनल गीत मार्फत छायांकन सेटमा फर्किएकी हुन्।
पशुपति मन्दिर परिसरमा छायांकन गरिएको गीतका तस्बिर सार्वजनिक गर्दै प्रियंकाले आफू पुरानै लयमा फर्किएको बताएकी छिन्। उनीसँगै फिल्मकी शिर्ष कलाकार सृष्टि श्रेष्ठले अभिनय गरेकी छिन्।
प्रियंकाले सुटिङ सेटमा फर्किर्दै गर्दा आफू विश्राममा थिएँ भन्ने नै नलागेको बताएकी छिन्। तीजको गेटअपमा देखिएका प्रियंका र सृष्टिका साथामा ६० जना कोरस डान्सरले डान्स गरेका छन्।
कविराज गहतराजको नृत्य निर्देशन रहेको उक्त गीतलाई सञ्जय लामाले छायांकन गरेका छन्।
147
Shares

प्रतिक्रिया