गायक हेमन्त शर्मा नयाँ गीत लिएर बजारमा आएका छन्। उनले आफ्नै शब्द तथा संगीतमा ‘रुन्न भन्दा नि आँसु झर्दो रैछ’ बोलको गीत बजारमा ल्याएका हुन्।
प्रेमभाव समेटिएको सार्वजनिक गीतमा कृष्ण बिकको संगीत संयोजन सुन्न सकिन्छ। गायक शर्मालाई गायनमा रचना रिमालले साथ दिएकी छिन्।
गीतको म्यूजिक भिडिओ पनि सार्वजनिक भएको छ। भिडियोमा अभिनेत्री केकी अधिकारीको साथमा कमल सिंह देखिएका छन्।
सागर गैरेले निर्देशन गरेको भिडियो छायांकन उत्तम हुमागाईँले गरेका हुन्। भिडियो सम्पादन नविन निरौलाले गरेका हुन्।
453
Shares

प्रतिक्रिया