केही दिन अघि गायिका इन्दिरा जोशी नयाँ गीतका साथमा बजारमा आइन्। भर्खरै मात्रै बिहे गरेकी जाेशीकाे ‘पछ्यौरी’बोलको गीत सार्वजनिक भएकाे छ।
आफ्नै शब्द संगीतमा इन्दिराले सार्वजनिक गरेको उक्त गीत चोरी गरेको पाइएको छ।
गीत सार्वजनिक पछि फरक शैलीमा निर्माण गरेको भनेर इन्दिराले प्रशंसा बटुलिरहेकी थिइन्। एक सातामा ३ हजारभन्दा धेरै दर्शक पाएको गीत अंग्रेजी गीतबाट चोरिएको पत्ता लागेको हाे।
सन् २०१३ मा अमेरिकी गायक जेसन डेरुलोले सार्वजनिक गरेको ‘टक डर्टी’सँग गीतको म्युजिक हुबहु मिलेको छ।
गीतमा प्रयोग गरिएको म्युजिक टोन पनि दुरुस्तै मिलेको छ।
गीत चोरेको भेटेपछि इन्दिराको गीत सुनेर प्रशंसा गरिरहेकाहरु पछुताएका छन्।
गीतलाई लिएर इन्दिरा केही आशावादी देखिएकी थिइन् तर, उनको आशा निराशामा बदलिएको छ।
2.4k
Shares

प्रतिक्रिया