हास्य कलाकार केदार घिमिरे उर्फ माग्ने बूढा केही सातादेखि ‘कमेडी हब’ नामक शो चलाइरहेका छन्।
घिमिरेले निर्देशन गरेको ‘कमेडी हब’ ठूलो चर्चासहित प्रसारणमा आएको हो। प्रसारण हुनुअघि ‘कमेडी हब’लाई लिएर दर्शकमा छुट्टै उत्साह थियो।
तर ‘माग्नेको कमेडी हब’ले प्रसारण भएसँगै दर्शकलाई निराशा दिएको छ। कलाकारितामा छुट्टै पहिचान बनाएका माग्ने बुढामा ठूलो लगानी गरेको मिडिया हब पनि निराश छ। कारण यो ‘शो’ले प्रसारणपछि खासै बजार तताउन सकेन।
टीभीको टीआरपीदेखि युट्युबमा समेत भ्युज पाउन नसकेको ‘शो’का कारण माग्ने बुढा नै संकटमा परेका छन्। ‘शो’ले राम्रो गति नलिएपछि प्रसारणको छोटो समयमै निर्माता कम्पनी मिडिया हब समीक्षामा जुटेको छ।
एउटा ‘शो’का लागि १० लाख लगानी गरे पनि नतिजा अनुकूल नआएपछि ‘शो’को संरचना परिवर्तन गर्ने तयारीमा मिडिया हब पुगेको छ।
‘शो’मा धेरै कलाकार भएका कारण कसलाई के भूमिका दिने भन्ने भद्रगोलको अवस्था छ। साथै निर्देशक माग्ने बूढा र टिमका अन्य सदस्यबीच कुरा नमिलेकाले ‘शो’ झन् धेरै भद्रगोल भएको छ।
Shares

प्रतिक्रिया