निर्माता नवराज गिरीले र्यापर समीर घिसिङ अर्थात् भिटेनलाई लिएर फिल्म ‘रत्नपार्क’ निर्माणको घोषणा गरेको लामो समय भैसक्यो। तर अहिलेसम्म फिल्म निर्माण सुरु हुन सकेको छैन। यो फिल्म निर्माणमा अझै धेरै अन्याेलता थपिएको छ।
फिल्ममा लिड क्यारेक्टरको भूमिका निर्माण गर्ने भनेका भिटेनको समयका कारण फिल्म निर्माण पछाडि धकेलिने भएको हो। उनले फिल्मलाई भन्दा विदेश भ्रमणलाई प्राथमिकता दिँदा निर्माता गिरी हैरान छन्।
दीपेन्द्र के खनालले निर्देशन गर्ने भनेको यो फिल्मका लागि आगामी दसैंसम्म समय दिन नसक्ने भिटेनले बताएका छन्। भिटेनले दसैंसम्म आफू विदेश टुरमा रहने बताएपछि गिरीले आफ्नो फिल्म छायांकन पोस्टपोन्ड गरेका छन्।
भिटेनको ‘रत्नपार्क’ अब मंसिरको चुनावपछि मात्रै छायांकनमा जाने भएको छ।
489
Shares

प्रतिक्रिया